१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विश्व पानी दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश


91
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

आज (मंगलबार) उहाँले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको पारिस्थितिक प्रणालीलाई दिगो राख्दा नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायू परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सवैको जिम्मेवारी भएको बताउनुभएको छ ।