
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाम दलहरु फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ ।
विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार नेता कोइरालाले देशभरका कार्यकर्ताको कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत रहेको दाबी गर्नुभयो ।
उहाँले नेता कार्यकर्ताको मत गठबन्धन विपरीत भएपनि २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता रहेको पनि बताउनुभयो ।
पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम रहेको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरबाटै गठबन्धनबारे धारणा बन्नुपर्ने र केन्द्रको हस्तक्षेप हुन नहुने पक्षमा आफू रहेको कोइरालाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्