१९ फाल्गुन २०८१, सोमबार | Tue Mar 4 2025


मनोनयनअघि राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


910
Shares

काठमाडौं । स्थानीय चुनावमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिमा आदेश जारी गरेको हो ।

अदालतले आयाेगलाई छलफलका लागिसमेत बाेलाएकाे प्रवक्ता बिमल पाैडेलले जानकारी दिनुभयाे ।

सर्वोच्चको आदेशसँगै अब स्थानीय तहका जनप्रतिनिधिले मनोनयन गर्दा पदबाट राजीनामा दिनु नपर्ने भएको छ ।

आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गर्नुभएको थियो ।