१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोलरले किच्दा सुपरभाइजरको मृत्यु


728
Shares

कपिलवस्तु । जिल्लामा रोलरले किच्दा हुलाकी सडकका सुपरभाइजरको मृत्यु भएको छ ।

महाराजगञ्ज नगरपालिका–२ गैडहवा स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक खण्ड पिच गर्ने क्रममा रोलरले ठक्कर दिँदा सुपरभाइजरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ दालपुर बस्ने ३५ वर्षीय बसन्तकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

बा २ क ४३३९ नम्बरको रोलरले मंगलबार विहान ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, तौलिहवाले जनाएको छ ।

ठक्कर दिने रोलर र चालक प्रहरी नियन्त्रणमा छन् । मृतकको शवलाई जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।