
काठमाडौं । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २६ सय ५० पुगेर थामियो ।
यस दिन वित्त, व्यापार र जलविद्युत समूहबाहेक अरु समूह सकारात्मक रहे ।
जीवन बीमा समूह सबैभन्दा उच्च अढाई सय अंकले उकालो लाग्दा अरु बढीजसो समूह दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३५ कम्पनीको ५३ लाख कित्ता शेयर २ अर्ब ५२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ को घट्यो भने १० को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्