
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताउनुभएको छ ।
भारतका पर्यटक नेपाल घुम्न आतुर रहेकाले ती पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
बिना प्याकेज नेपाल घुम्न आउने भारतीय पर्यटकलाई थप व्यवस्थित बनाउन यो अभियान प्रभावकारी हुने रेग्मीले बताउनुभयो । पछिल्लो १० वर्षको अवधिमा पर्यटन प्रवद्धनका लागि धेरै भौतिक संरचनाको विकास भएको भन्दै उहाँले सिमाबर्ती क्षेत्रमा ठूला होटल, क्यासिनोले भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने बताउनुभयो ।
रेग्मीले सरकारले पर्यटन प्रवद्धनका लागि नयाँ भएका सबै गन्तव्यको प्रचार गरेर त्यही अनुसारको प्याकेज बेच्न सक्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्