
काठमाडौं । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।
मंगलबार मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मार तटमा ठुलो पानी पारिरहेको यसको प्रभावले पूर्वी नेपालमा देखिने बताउनुभयो ।
सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उहाँले स्पष्ट पार्नुभयो । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असरले छिट्टै आँधी आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्