
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताउनुभएको हो ।
मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले सरकारमा सहभागिताका लागि आफूहरूले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पार्नुभयो ।
ठाकुरले सरकारले आफूहरूको मागलाई ठोस रूपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताउनुभयो ।
अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनै पनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्