२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


विदेशीलाई कुनै पनि हालतमा दिन हुँदैन : उर्जामन्त्री


1.222k
Shares

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललले जनता आफै आयोजना बनाउन सक्षम भए विदेशीलाई कुनै पनि हालतमा दिन नहुने बताउनुभएको छ ।

मंगलबार उर्जा मन्त्रालयमा संखुवासभाको अपर अरुण आयोजनास्थलका स्थानीयको ज्ञापन पत्र बुझ्दै उहाँले आयोजनामा पहिलो हक स्वदेशी नागरिककै हुने बताउनुभयो ।

यो आयोजना जनताकै लगानीमा बन्ने मन्त्री भुसालले बताउनुभयो । ‘नेपालको पानी जनताको लगानी’ सरकारको नीति नै भएकाले आयोजना जनता आफै बनाउछु भन्नु स्वागत योग्य भएको मन्त्री भुषालको बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै उर्जा सचिव देबेन्द्र कार्कीले गौरवको आयोजनाको स्वीच अफ र अनको जिम्मा अरुलाई सुम्पनु गलत भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

कार्यक्रममा संखुवासभा सांसद राजेन्द्र गौतम, पूर्व राज्य मन्त्री दिपक खड्का, माओवादी केन्द्रका इन्चार्ज राजेन्द्र कार्कीलगायतले आयोजना जिल्लावासीको हितमा बन्नुपर्नेमा जोड दिएका थिए । आयोजनाको लागत दुई खर्व रहेको छ ।