१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौंदेखि पोखरासम्म ज्योती लाइफको मोटर र्‍याली हुँदै


234
Shares

काठमाडौं । पर्यटन प्रवद्र्धनका साथै बालबालिकाको आँखामा लाग्ने क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले नवौं ज्योतीलाइफ द अमेजीङ मोटर र्‍याली २०२२ गरिदैं छ ।

काठमाडौंबाट गोरखा हुँदै पोखरासम्म करिब २ सय ५० किलोमिटरको यात्रा आगामी शुक्रबार हुन लागेको हो ।

रोटरी क्लब अफ काठमाडौं र के जी एच फाउन्डेसनको सहकार्यमा हुन लागेको मोटर र्‍यालीको मूल नारा देश दर्शन रहेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे विस्तृत जानकारी गराएका हुन् ।

र्‍याली शुक्रबार बिहान ८ बजे काठमाडौ प्रर्दशनीमार्गबाट सुरु भई गोरखा हुदै पोखराको सराङकोटमा पुगी सम्पन्न हुने छ । र्‍यालीमा १ सय ५० जनासम्मको सहभागीता रहने बताइएको छ ।

बालबालिकाको आखाँमा लाग्ने क्यान्सर –रेटिनोब्लास्टोमा इज क्युरेवल भन्ने बारे जनचेतना फैलाउनु आफुहरुको मुख्य उद्देश्य रहेको समितिका संयोजक दिवाकर राज राजकर्णीकारले जानकारी दिनुभयो ।