१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै


104
Shares

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ।

भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएकोथियो । नेपालले उक्त हारको बदला लिन चाहेकै बेला बंगलादेश भने जितलाई कायम राख्ने दाउमा छ ।

तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।