
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकि भू-भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार राती भने देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ।
प्रदेश-१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्