
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ ।
बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक मूलतः स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक तथा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने र ती प्रतिवेदनमाथि छलफल हुनेछ ।
चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने एजेन्डा रहेको जनाइएको छ । त्यस्तै, बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने बताइएको छ ।
बैठक भोलि (बिहिबार)सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्