२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच लामो समयपछि भेटवार्ता


715
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

गत पुसमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रत्याशी रहेका दुई नेताबीच लामो समयपछि भेटवार्ता भएको हो ।

भेटमा डा. कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति बनाउन भएको ढिलाइबारे चासो राख्नुभएको छ । यस्तै, नेता कोइरालाले कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनमा ढिलाई भएकोबारेमा सभापति देउवासँग जिज्ञासा राख्नुभएको हो ।

जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै तदर्थ समिति बनाइने बताउनुभएको छ ।

महाधिवेशनपछि औपचारिक छलफलसमेत नगर्नुभएका देउवालाई शेखर आफैंले टेलिफोन गरी समसामयिक विषयमा छलफल गर्नुभएको हो । छलफलमा सभापति देउवाले पार्टीका आन्तरिक निर्णयहरूमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता जनाउनुभएको थियो ।