
काठमाडौं । अभिषेक बच्चन मुख्यमन्त्रीको भूमिकामा देखिएको फिल्म ‘दसवी’को ट्रेलर सार्वजनिक भएको छ ।
नेटफिल्क्सको युट्युब च्यानमार्फत सार्वजनिक ट्रेलरमा बच्चन एक भ्रष्ट मुख्यमन्त्रीको रुपमा देखिएका छन् । अदालतले दोषी ठहर गरेपछि उनी जेल जान्छन् र त्यहाँ उनले पढेर १० कक्षासम्म पास गर्ने अठोट लिन्छन् ।
फिल्ममा अभिषेकको अलावा यामी गौतम, निम्रत कौर, मनु ऋषि चड्डा मुख्य भूमिकामा देखिएका छन् । फिल्ममा गौतमले प्रहरीको भूमिका निर्वाह गरेकी छिन् । फिल्मलाई ७ अप्रिलमा नेटफिल्क्समा रिलिज गरिने छ ।
राम बाजपेयीको कथामा रितेश शाह, सुरेश नैर र सन्दीप लिजेलको लेखन रहेको फिल्मलाई तुसार जलोटाले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्