
अर्घाखाँची, चैत ४ । अर्घाखाँचीमा शनिबार परेको असिनापानीले करोडौंको बालीनालीमा क्षति पुगेको छ ।
शितगंगा नगरपालिकामा गत शनिबार राति परेको चट्याङसहितको असिनापानीले तरकारी, फलफूल र अन्नवालीमा पूर्णरुपमा क्षति पुगेको किसानहरुले बताएका छन् ।
नगरपालिका भित्रका ३ हजार कृषकहरुको बालानालीसहित केही घर गोठमा पनि क्षति पुगेको छ ।
वडा नम्बर ३ र ४ मा तरकारी, फलफूल र अन्नबालीमा पूर्णरुपमा क्षति पुगेको छ भने ५ र १२ वडामा पनि क्षति पुगेको छ ।
अहिलेसम्म ५० करोडभन्दा बढीको क्षतिको विवरण संकलन भएको नगरप्रमुख सुर्य प्रसाद अधीकारीले जानकारी दिए । असिनापानीका कारण दुई जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्