२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जिल्ला अदालत कास्कीमा तोडफोड


351
Shares

काठमाडौं । जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा गत राति तोडफोड भएको छ ।

अदालतको १ नम्बर र ६ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

१ नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आउनुभएको थियो । १ नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि ६ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ ।

दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका प्रहरीको रहेको छ । बुधबार बिहान सरसफाई गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् ।