२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मधेश प्रदेशको प्रदेशसभा बैठक लगातार चौथोपटक स्थगित


65
Shares

काठमाडौं । मधेश प्रदेशको प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी दिनुभएको हो । योसँगै प्रदेश सभाको बैठक चौथो पटक स्थगन भएको हो ।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।

फागुन १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो ।