१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहमतिपछि सुर्खेतमा बन्द यातायात सुचालु


104
Shares

काठमाडौं । निजी गाडीले यात्रु नबोक्ने सहमती भएपछि सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा सुचालु भएको छ ।

बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक र यातायात व्यवसायीबीच सहमति भएपछि गाडी सञ्चालनमा आएका हुन् ।

अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका थिए । निजी गाडीले मनपरी भाडा असुलेर यात्रु बोकेको र यसलाई प्रशासनले नियमन गर्ने प्रयास नगरेको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने घोषणा गरेका थिए ।