
काठमाडौं । आगामी बैशाखमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ ।
सहर बजार र ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती र गृहिणीसमेत छन् । बुधबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा १४ सय ६४ जनाको फारम दर्ता भएको छ ।
जसमा दुई सय ४३ महिला र १२ सय २१ जना पुरुषले फारम दर्ता गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । लमजुङमा नौ सय ८६ म्यादी प्रहरीको माग छ ।
जिल्ला प्रहरी कार्यालयले तीन दिनदेखि सुरु भएको म्यादी भर्ना चैत ११ गतेसम्म रहने बताईएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्