१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश


780
Shares

काठमाडौं । तत्कालीन संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।

ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर, माला र गम्छा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहनुभएकी जसपा नेतृ रेणु कुमारी यादव लगायतको उपस्थिति थियो ।