२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुख्यमन्त्री कप भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा


65
Shares

कैलाली । धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् ।

बुधबार भएका क्वार्टरफाइनल खेलमा जित निकाल्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्‍यो ।

आर्मीले २५–१७, २५–२१ २५–९ को सेटले प्रदेश नम्बर १ पराजित गरेको हो ।

त्यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो ।

बिहीबार सुदूरपश्चिमले एपीएफ र बागमतीले गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।