१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको कृषि क्षेत्रले विकास गर्न सकेन : मन्त्री यादव


65
Shares

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभएको छ ।

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपालमा व्यवसायीक कृषिको विकास र आधुनिकिकरण आजको आवश्यकता विषय अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभयो । कृषिमन्त्री यादवले बजेट अभावको कारण मन्त्रालयले समग्र कृषि क्षेत्रको विकास गर्न नसकेको बताउनुभयो । वार्षिक रुपमा कृषि छुट्याउने २.७ प्रतिशत बजेटले कृषिलाई ाधुनिकिकरण,व्यवसायीकरण र नयाँ प्रविधि ल्याउन नसकिने बताउनुभयो ।

कृषिलाई पूर्णरुपमा आधुनिकिकरण गर्नको लागि बजेट प्राप्त आवश्यक पर्ने भन्दै मन्त्री यादवले अहिलेको बजेट प्राप्त नभएको दाबी गर्नुभयो । उहाँले सरकारले प्राप्त बजेट नभएता पनि भएको सिमित बजेटबाट कृषिलाई आधुनिकिरण गरेर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

त्यस्तै, मन्त्री यादवले अहिले सरकार किसानले उत्पादन गरेका उत्पादित वस्तुको उचित मुल्य, बजारीकरण र भण्डारण गर्ने व्यवस्थित गर्ने काममा लागेको बताउनुभयो । सरकारले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य तोके पनि नीजि क्षेत्रले खरिद गर्ने भएको भन्दै त्यसको लागि भण्डारणको आवश्यकता पर्ने बताउनुभयो । उहाँले २० वर्षे कृषि नीति पुरानो भएकाले संघीयता अनुसारको कृषि नीति बनाउन सरकार लागि परेको बताउनुभयो । सरकारले सातै प्रदेशमा ग्रिन हाउस बनाउने योजना बनाए पनि जग्गाको अभाव हुँदा काम अगाडी बढाउन नकिएको बताउनु भयो ।

मन्त्री यादवले पशुपालनको लागि राम्रो सम्भावना रहेकाले पशुपालनमा लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाल पशुपालिनमा आत्मनिर्भर रहेको पनि बताउनुभयो । अब नेपालको घाँस विदेशमा निर्यात गर्न सकिने नीति बनेको बताउनुभयो ।