
फाइल तस्विर
काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ ।
तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो ।
बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो पटक एक हजार ५ सय मेट्रिक टन मल ल्याइसकेको छ । बाँकी आठ हजार ५ सय मेट्रिक टन मल पनि ल्याइने शिल्क मार्केटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्