१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राधिकरणले आज रातिदेखि उद्योगलाई विद्युत् दिने


156
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताइको छ ।

भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।

‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छौं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भन्नुभयो, ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’