
काठमाडौं । काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन् ।
बुधबार ललितपुरको महालक्ष्मीथान बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८/९ जनाको समूहले खुकुरी प्रहार गरेर फरार भएका थिए ।
उनीहरुबीच आर्थिक कारोबार र प्रेम सम्बन्धि विषयमा बिबाद भएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्