
काठमाडौं । मधेस प्रदेशमा एक महिनाको अवधिमा ६ सय १० वटा सवारी दुर्घटना भएका छन् ।
फागुन महिनामा मात्रै प्रदेशका ८ जिल्लामा दुर्घटनामा परि ४८ जनाको मृत्यु भएको जनाइएको छ ।
सो अवधिमा दुर्घटनामा परी ९ सय ९२ जना घाइते भएका छन् । दुर्घटनामा परी सबैभन्दा धेरै महोत्तरीमा ९ जनाको मृत्यु भएको छ, सर्लाहीमा ८ र धनुषा, सिरहा, रौतहटमा ७/७ जनाको मृत्यु भएको जनाइएको छ ।
यस्तै, बारामा ५, सप्तरीमा ४ र पर्सामा १ जनाको मृत्यु भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । फागुनमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ ।
दुर्घटनामा परेका साधनमध्ये मोटरसाइकल ५ सय ७३, जीप, कार ७७ र टिफर/ट्रयाक्टर ६६ वटा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्