
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले डिजिटल माध्यमबाट घरको नक्सा पास प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ ।
बिहीबार सन्धिखर्क नगरपालिका–१ का स्थानीय नवराज भुसाललाई नक्सा पासको प्रमाणपत्र हस्तान्तरण गदै नगरप्रमुख कमलप्रसाद भुसालले अभियानको शुभारम्भ गर्नुभयो ।
नगरपालिकाभित्र १५ सय वटा नक्सा रहेकोमा अब कर्मचारी राखेर भए पनि सबैलाई डिजिटल बनाउने अभियान सुरु गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्