
कैलाली । धनगढीमा सम्पन्न १९ वर्षमुनिका महिलाहरूको मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप–विजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो ।
६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा शेर्पाले समान ९/९ रन बनाए ।
बलिङतर्फ कर्णालीकी श्रीमी सिंह थारुले ४, विकेट लिइन । विना थापाले २ एन्जीला थापाले १ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच गण्डकीकी ज्योत्सनीका प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि भइन् । सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन् ।
प्रतिक्रिया दिनुहोस्