
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको विरोधमा चर्को आवाज भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिनुभएको छ ।
शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिनुभएको हो । बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए ।
नेताहरूको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनुपर्ने चुनौति भएकाले सम्हालिएर बोल्न निर्देशन दिनुभएको हो ।
गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहरूलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्