
काठमाडौं । शुक्रबारबाट सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरूले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन् ।
पार्टी कार्यालय सानेपामा अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका हुन् ।
बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन्
सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् । लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए ।
प्रदेश १ का उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन् ।
प्रतिक्रिया दिनुहोस्