
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पोलिश–युक्रेनी सीमा नजिकैको एक शहर पुग्नुभएको छ ।
एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा पुर्याइएको हो ।
यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ ।
युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा ब्याख्या गर्दै आउनुभएको छ । पोल्याण्डमा रहँदा राष्ट्रपति बाइडनले युक्रेनबाट आएका शरणार्थीहरुसँग भेट्ने कार्यक्रम छ ।
त्यस क्रममा उहाँले महत्वपूर्ण घोषणा गर्ने ह्वाइट हाउसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्