
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आँशिक बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार राती भने प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्