१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै


169
Shares

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा बलिङको निम्तो दिएको छ ।

लामिछानेको कप्तानीमा रहेको नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज जोगाउन चाहन्छ । पपुवा न्युगिनी भने नेपाललाई हराएर सिरिज कब्जा गर्ने तयारीमा छ ।

दुई खेलको एकदिवसीय सिरिजमा शुक्रबार पपुवा न्युगिनीले घरेलु टोली नेपाललाई ६ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ ।