
काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो ।
यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।
आयोगले मतपत्र छपाइको मेसिन खरिद गरे पनि उक्त मेसिनबाट सम्भव नहुने बताइएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्