
स्याङ्जा । आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गरिएको हो ।
आँधीखोला गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको छ ।
प्रतिक चिन्हको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । त्यसैगरि तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना लेखिएको छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला देखाइएको छ ।
कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको र लैङ्गिक समानता, एकता, समन्वय सहकार्यलाई झल्काउन महिला पुरुषले हात मिलाएको देखाइएको छ ।
पर्यटकीय दृष्टिकोणले राष्ट्रिय स्तरमा परिचित देशकै पहिलो होमस्टे शिरुवारी गाउँ र श्रवणकुमारलाई प्रतिक चिन्हमार्फत विशिष्टकरण गरिएको छ ।
आँधीखोलाको नक्सा समेटेको उक्त प्रतिक चिन्हले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भावलाई झल्काएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्