१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मकवानपुरगढी ‘बालमैत्री गाउँपालिका’ घोषणा


143
Shares

मकवानपुर । जिल्लाको मकवानपुरगढी गाउँपालिकालाई ‘बालमैत्री’ घोषणा गरिएको छ ।

शनिबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गर्नुभएको हो ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा सबै वडालाई ताम्रपत्र प्रदान गरिनुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व तथा बालमैत्री घोषणा अभियानका विभिन्न सामाजिक तथा गैरसरकारी संस्थाहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतको उपस्थिति रहेको थियो ।