१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनद्वारा श्रीलङ्कालाई दुई हजार टन चामल सहयोग


884
Shares

एजेन्सी । गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलङ्कालाई चीनले आपतकालीन सहयोग स्वरूप दुई हजार टन चामल उपलब्ध गराएको छ ।

कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेवारी स्वरूप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।

श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

कोरोनाभाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दावी गरेका छन् ।

चीन र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाइ छ ।

चीनले श्रीलङ्कालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ ।