
फाइल तस्बिर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्स (पारी)मा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् ।
त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले २२ खेलमा ५० विकेट पूरा गरे ।
उनले १३ औं ओभरको पहिलो बलमा पीएनजीका कार्लेस आमिनीलाई एलबीडब्लू आउट गराएका थिए । सन्दीप एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् ।
एकदिवसीयमा कम इनिङ्समा ५० विकेट लिने रेकर्ड भने श्रीलंकाका अजन्था मेन्डिसले बनाएका छन् । उनले १९ खेलमा ५० विकेट लिएका थिए । त्यस्तै भारतका अजित अग्राकर २३ खेलमा ५० विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्