
काठमाडौं । काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई वातावरण मैत्री लुङ्गटाले विस्थापन गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीच बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, प्रमुख कार्यकारी अनिल केशरी शाह, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा. घनश्याम गुरुङ, सामाजिक अभियान्ता तथा गायिका आनि छोइङ डोल्माले लुङ्गटा फेर्ने कार्यको सुरुवात गर्नुभयो ।
बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।
वातावरण मैत्री लुङ्गटा राख्ने कामको अगुवाई गरेको नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बौद्ध स्तुपाका पुराना लुङ्गटालाई वातावरण मैत्री लुङ्गटाले विस्थापन गरेको हो ।
वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको नबिल बैंकले वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको छ । बौद्ध स्तुपा गुम्बाहरूमा पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरूको विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको नबिल बैंकले जनाएको छ ।
वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने उदेश्यले यो कार्यको आरम्भ गरिएको बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल कसरी शाहले बताउनुभयो ।
विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दीगोपना भएका सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्न सुरु गरिएको अभियान निरन्तर चल्ने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्