
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागका भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहेकोछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्