१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज पनि बस्दै


39
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (आइतबार) पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठक स्थानीय चुनावकै विषयमा केन्द्रित हुनेछ । कांग्रेसभित्र आगामी निर्वाचनमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल जारी छ । बैठकमा निर्वाचन घोषणापत्रका विषयमा पनि छलफल हुने बताईएको छ ।

गत शुक्रवार सुरु भएको बैठकको पहिलो दिन २२ जना नेताले धारणा राखेका थिए । अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएकाथिए । गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका छन ।

त्यस्तै, गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय रहेका छन ।