२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


मारियुपोल शहर जोगाउन मुश्किल, युक्रेनी राष्ट्रपतिद्वारा पश्चिमा राष्ट्रसँग थप सहयोग माग


3.042k
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियुपोल शहर रुसी कब्जामा जानबाट रोक्न मुश्किल भएको बताउनुभएको छ ।

पश्चिमा राष्ट्रहरुसँग थप हातहतियार सहयोग माग्दै उहाँले तत्काल शक्तिशाली सहयोग प्राप्त नभए मारियुपोललाई जोगाउन नसकिने बताउनुभएको हो । युक्रेनका लागि युद्धक विमान, ठूला ट्यांक र मिसाइल आवश्यक रहेको भन्दै जेलेन्स्कीले एन्टी–सिप हतियार पनि चाहिएको बताउनुभयो ।

पश्चिमा देशहरुका हतियार गोदाममा धूलो लागेर बसेका छन् भन्दै उहाँले युक्रेनको रक्षाका लागि ती हतियार उपयोगी हुने बताउनुभयो । युक्रेन मात्रै नभएर बाल्टिक क्षेत्र नै रुसी आक्रमणको निशानामा आएको भन्दै जेलेन्स्कीले युक्रेनपछि पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा पर्ने चेतावनी पनि दिनुभयो ।

नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशत मात्रै भए पुग्ने भन्दै उहाँले सहयोग माग्दा माग्दै ३१ दिन बितेको गुनासो पनि गर्नुभयो ।