१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल लाइफ इन्स्योरेन्सद्वारा “नेपाल लाइफ पाठशाला”शुभारम्भ


65
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।

सो पाठशालाको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताउनु भयो । उहाँले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्ने पनि विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको धारणा व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न “नेपाल लाइफ, पाठशाला” को स्थापना गरिएको बताउनु भयो । अध्यक्ष संघईले आगामी दिनहरुमा सो पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु संचालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिनुभयो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरु राम अवतार अग्रवाल र बिमल प्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी, विभागिय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।