
सर्लाही । सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाईएको र घाइतेहरुको लालबन्दी र रानीगंजस्थित स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ ।
वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान ११ बजे पुलबाट तल खसेको हो।तत्काल घाइतेको उद्दारगरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाइतेको एकिन विवरण केही समयपछि मात्र आउने प्रहरीले जनाएको छ ।
बसको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताईएपनि अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्