
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ ।
विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाई गरेका थिए ।
शुक्रबार काठमाडौं आउनु भएका विदेशमन्त्री वाङले हिजो समकक्षी डा. नारायण खड्कासँग सिहंहदरबारमा प्रतिनिधिभण्डलसहित भेटवार्ता गर्नुभएको थियो । उहाँले हिजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा पुगेर शिष्टाचार भेट गर्नु भएको थियो ।
आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग विदेशमन्त्री वाङले भेटवार्ता गर्नु भएको थियो ।
राष्ट्रपतिसँगको भेटका अवसरमा चीन र नेपालको द्विपक्षीय सम्बन्ध र हितका बारेमा कुराकानी भएको शितल निवास श्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्