२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बीआरआईसँग जोडिएका आयोजनालाई तत्काल अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह


182
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।

भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

भेटमा बीआरआई अन्तर्गतका आयोजनाहरु सडक, सिंचाई, रेल, जलविद्युत र सीमानाका बनाउने कुराहरुमा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताउनुभयो ।

उहाँले भेटमा अध्यक्ष ओलीले कोरोनाको महामारीपछि बन्द भएका नेपालसँगका नाकाहरु खोल्न, कोभिडका कारण चीनबाट फर्किएका त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई लैजान र हुम्ला पारी अलपत्र परेका करिव ५ सय जना नेपालीहरुलाई नेपाल आउने व्यवस्था मिलाइदिन पनि आग्रह गर्नुभएको बताउनुभयो ।

भेटमा चिनियाँ विदेशमन्त्री यीले तत्काल गर्नुपर्ने समस्या समाधान र दीर्घकालीन रुपमा बीआरआईमार्फत अघि बढाइएको आयोजनाहरुमा चीन प्रतिवद्ध रहेको जानकारी दिनुभएको पनि विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

छलफलमा चीनले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिवद्धताअनुसार नै अघि बढाउने विदेश मन्त्री यीले जानकारी दिनुभएको विभाग प्रमुख भट्टराईले बताउनुभयो ।