
काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।
धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।
आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
त्यसक्रममा तनावको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियोे ।
प्रतिक्रिया दिनुहोस्