२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेवारी संस्कृतिको जगेर्ना गर्न सक्रितापूर्वक लागेको छु : सासंद शाक्य


91
Shares

काठमाडौं । बाग्मती प्रदेशका सासंद राजेश शाक्यले आफू पदमा रहँदा नेवारी संस्कृतिको जगेर्ना गर्ने काममा सक्रितापूर्वक लागेको दाबी गर्नुभएको छ ।

आइतबार भुकम्पले क्षति पुर्‍याएको नेवारी समुदायको गुठि घर मानन्धर आँगंछेँ, पुनः निर्माण सम्पन्न भएसंगै उद्घाटन गर्दै उक्त दाबी गर्नुभएको हो ।

हाम्रो संस्कृति, परम्परा र सभ्यताको जगर्ना गर्न सकेमात्रै सवैको जीवनस्तरमा प्रगति हुन सक्ने पनि उहाँले बताउनुभयो । भवनको उपभोक्ता समिति मार्फत पुनःनिर्माण भएको हो ।

स्थानीय जनसहभागिताबाट १ लाख ३६ हजार र सांसद शाक्यले सांसद पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २८ लाख ३१ हजार उपलब्ध गराएको बजेटबाट भवन पुनः निर्माण भएको हो ।

हरेक वर्षको दशंैमा नेवारी समुदायमा प्रचलित परम्परा खड्ग प्रदर्शन यसै घरबाट सुरु गरिंदै आएको छ ।