
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
गैर आवासीय नेपाली संघको १० आंै विश्व सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपालीहरुले पुरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आवश्यक नीति र कानूनी सुधार गरेर सहज लगानी तथा प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले भूकम्पले ध्वस्त बनाएको बस्तीको पुनर्निर्माण र कोभिड संकटमा सघाउ पु¥याएको आभार समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्